तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जा कालीगण्डकी–१ मा एमालेको प्यानल नै विजयी

स्याङ्जा । स्याङ्जामा एमालेले विजयको खाता खोलेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ मा कृष्ण लामिछाने विजयी हुनुभएको छ । 

१ मा १ हजार ६५ मत सहित एमालेको प्यानल नै विजयी भएको हो । यस्तै काँग्रेसका पृथ समैले ४४३ मत ल्याउनुभएको छ । यस्तै गाउँपालिका अध्यक्षमा एमालेकै अग्रता कायमै छ ।

एमालेका अध्यक्षका उम्मेदवार खिम थापा र उपाध्यक्षमा एमालेकै सावित्र कोइरालाले लिड गरिरहनुभएको छ । थापा र कोइरालाले क्रमशः १ हजार २६८ र १ हजार ४ मत ल्याउनुभएको छ भने काँग्रेसका माया राना र बम लामिछानेले ३४० र ५३८ मत ल्याउनुभएको छ । स्याङ्जामा १० तहमा अहिले मतगणना जारी रहेको छ भने चापाकोटमा मतगणना अझै सुरु हुन सकेको छैन । मतपेटिकाको सिल तोडिएको विषयलाई लिएर अहिलेसम्म पनि चापाकोटमा मतगणना हुन नसकेको हो ।

यसअघि हरिनास गाउँपालिका १ र २, फेँदिखोला गाउँपालिका ५ मा काँग्रेसले विजय प्राप्त गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button