तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा मतगणना सुरु 

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु  गरिएको छ ।

भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान ९ बजेबाट मतगणना सुरु  गर्ने भनिएपनि आन्तरिक व्यवस्थापन , उमेद्वारहरुको प्रतिनिधि उपस्थित हुन ढिलो भएपछि ११ बजेर ५३ मिनेटबाट शुरु गरिएको छ । महानगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु  गरिएको हो ।

मुख्य निर्वाचन कार्यालय , भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले सो वडाका तीनवटा मत पेटिकाबाट मत खन्याएर मतगणना कार्य सुरु  गर्नुभएको हो ।

यो वडामा कुल ५०७६ मतदाता मध्ये ३ हजार २७६ मत खसेको थियो । वडा नम्बर को मत परिणाम सकिने बित्तिकै क्रमश २,३,४ वडाको गरी मतगणना सुरु  गरिने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button