देशका केहि स्थानीय तहमा निर्वाचनको ताजा नतिजा

काठमाडौँ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना देशका विभिन्न ठाउँमा जारी रहेको छ।
केहि गाउँपालिकामा बिजयी नतिजापनि आइसकेको छ।
बैतडीको सुरनया गाउँपालिकामा नेकपा एमालेका उमेद्वार धनबहादुर चन्द गाउँपालिका अधक्षमा बिजयी हुनुभएको छ।
यसैगरी मनांगको चामे गाउँपालिकामा नेकपा एमालेकै उमेद्वार लोकेन्द्र बहादुर घले गाउँपालिका अधक्षमा बिजयी हुनुभएको छ।
काठमाडौँ महानगरपालिकामा मतगणना जारी रहेको छ भने ललितपुर महानगरपालिकामा मतगणनाका लागि भर्खरै सर्वदलिय बैठक सम्पन्न भैसकेको छ।
ललितपुर महानगरपालिकामा मतगणना ११ बजे देखि सुरु हुने हाम्रा सम्वाददाता कौशल घिमिरेले जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ । छलफलपश्चात् मतगणनाको अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो ।
शुक्रबार सम्पन्न भएको स्थानीयतह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामापनि मतगणना सुरु भएको छ।
स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो ।
स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।
लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको छ।








प्रतिक्रिया राख्नुहोस्