तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा ६० प्रतिशत मत खस्यो

कञ्चनपुर । कञ्चनपुरमा ६० प्रतिशत मत खसेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान कार्यमा ६० प्रतिशत मत खसेको हो ।

कञ्चनपुरका नौ वटै पालिकामा मतदाताहरूले उत्साहका साथ मतदान गरेका भए पनि जिल्लामा यस पटकको निर्वाचनमा भने मत कम खसेको आङ्कलन गरिएको छ ।

२ लाख ९५ हजार ३ सय ५४ मतदाता रहको कञ्चनपुरमा झन्डै १ लाख ७८ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले मतदान कार्य सकिएसँगै जिल्लामा ६० प्रतिशत मत खसेको अनुमान गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button