पाँचथरमा ६१ प्रतिशत बढी मत खस्यो
पाँचथर । पाँचथरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएको छ ।
८ वटा स्थानीय तहमा १ लाख ४० हजार २ सय २४ मतदाता मध्ये ८६ हजार ७ सय ३१ मत खसेको निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । खसेको मत ६१.८५ प्रतिशत हो ।
फिदिम नगरपालिकामा सबै भन्दा बढी ६४.२३ प्रतिशत र कुम्मायक गाउँपालिकामा सबै भन्दा कम ५६.९८ प्रतिशत मत खसेको छ । यस्तै तुम्वेवा गाउँपालिकामा ६०.१५ प्रतिशत, फालेलुङ गाउँपालिकामा ६०.९८ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा ६२.७२, मिक्लाजुङ गाउँपालिकामा ६१.८८ प्रतिशत, याङवरक गाउँपालिकामा ६३.०७ प्रतिशत र हिलिहाङ गाउँपालिकामा ६०.१० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा १ सय १ मतदान स्थलको १ सय ७६ मतदान केन्द्रमा मतदान भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्