तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । कास्कीमा ६० प्रतिशत मत खसेको छ ।

देशको ठुलो महानगरपालिका र जिल्लाका पाँच वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

१ सय ५० मतदान स्थलमा २७ सय कर्मचारी, कुल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७२१ जना मतदाता रहेका छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतदाता रहेका छन् ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरी मतगणना स्थलमा लैजाने तयारी गरिएको छ । सबै ठाउँको मतपेटिका मतगणना स्थलमा आए लगत्तै मतगणना सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button