चितवनमा ४ बजेसम्ममा ६० प्रतिशत मतदान
चितवन । चितवनमा दिउँसो ४ बजेसम्म ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले मतदाताहरू उत्साहपूर्ण रुपमा सहभागी बनेको बताउनुभयो । उहाँका अनुसार यसपालि झन्डै ८० प्रतिशत मतदान हुने अनुमान छ ।
स्थानीय तह २०७४ को चुनावमा ७६ दशमलव ७१ प्रतिशत मत खसेको थियो । चितवनका ७ पालिकाको ९८ वडामा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्रहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्