तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा मध्यान्ह १२ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको छ

रुपन्देहीमा मध्यान्ह १२ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा मध्यान्ह १२ः३० सम्ममा ३५ प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालयले जनाएको छ ।पुरानो मतदाता नामावली र नयाँ अध्यावधिक गरिएको मतदाता नामावलीको क्रम संख्या फरक परेका कारण धेरै मतदाताहरुले नाम फेला पार्न झन्झट भएको बताएपनि मतदान नै स्थगित हुने अवस्था नआएको जिल्ला निर्माचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

मतदाता नामावलीमा नाम नभेटिएपछि अघिल्लो निर्वाचनको परिचयपत्र लिएर आएका केही मतदाताहरुले आक्रोशित भएका थिए । बिहान पानी परेकाले केही मतदान केन्द्रमा ढिलाई भएपनि अहिले प्रचण्ड गर्मी सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button