तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पाण्डेद्वारा मतदान

काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गर्नुभएको छ ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गर्नुभयो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको अमलाचौर र नेकपा ९माओवादी केन्द्र०का राष्ट्रियसभाका दल नेता दीनानाथ शर्माले पनि सोही स्थानबाट मतदान गर्नुभएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दीबास नगरपालिका–३ दुधेश्वरी प्रावि रजबासबाट मतदान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button