तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा मतदान शान्तिपूर्ण

स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ ।

जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बिहान विराटनगर–११ स्थित जनपथ मावि मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा र जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पसमा मतदान गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button