तपाईँ सुन्दै हुनुहुन्छः

मध्य मालीमा भएको विस्फोटमा चार सैनिकको मृत्यु

बामाको । मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधवार जनाएको छ ।

मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार बिहान भएको थियो । जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका थिए ।

सोमबार मध्य मालीको डिओनडियोरीमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) द्वारा गरिएको गोलाबारीबाट दुई बालबालिकाको मृत्यु भएको  र अन्य चार जना घाइते भएका थिए ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर सामूदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौँको हत्या र सयौँ हजारौँलाई विस्थापित गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button