पाँचथरमा १७६ मतदान अधिकृत मध्ये १० जना महिला
पाँचथर । पाँचथरमा स्थानीय तहको निर्वाचनका लागि १७६ मध्ये १० जना मतदान अधिकृत र ३० जना सहायक अधिकृतमा महिला खटिएका छन् ।
जिल्लामा रहेका मतदान केन्द्रहरूमा १० जना मतदान अधिकृत र ३० जना सहायक मतदान अधिकृत महिला खटिएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
त्यस्तै, फिदिम नगरपालिका वडा नम्बर ४ को सुखबोध मा.वि. जोरसाल मतदान केन्द्रमा भने सबै महिला मात्र खटिनुभएको छ । त्यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाको जिम्मेवारी सबै महिलालाई दिइएको छ ।
१ लाख ४० हजार २ सय २४ जना मतदाता रहेको पाँचथरमा ६६ हजार ६ सय ४८ जना महिला मतदाता छन् ।
यहाँका आठ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६० वटा वडाका वडा अध्यक्ष र वडा सदस्य चुन्नका लागि १ सय १ मतदान स्थल र १७६ मतदान केन्द्रबाट मतदाताले मतदान गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्