जितबहादुर स्मृति पाँच पोखरी सुपर–८ क्रिकेट प्रतियोगिता हुने

मेलम्ची – तेस्रो संस्करणको जित बहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता आगामी मंसिरमा ११ गते बाट आयोजना हुने भएको छ ।
मंसिर ११ देखि १४ गतेसम्म सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ६ थाङपालधापको शेराफाँटमा प्रतियोगिता आयोजना हुने आयोजक पाँच पोखरी क्रिकेट क्लबले जनाएको छ ।
पारा ओलम्पियन खेलाडी स्व.जित बहादुर खड्काको २०७२ सालको बिनाशकारी भुकम्पमा परि मृत्यु भएको थियो । देशको नाम उच्च राख्न सफल खड्काको नाम गुमनाम हुन नदिन क्रिकेट प्रतियोगितालाई आयोजना गरिदै आएको क्लबका संस्थापक अध्यक्ष विजय कुमार धितालले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष उत्सब धितालका अनुसार खेल ८ ओभरको हुने छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न टिमहरुको सहभागितामा रहने छ । बिजेताले ७५ हजार र उप विजेताले ३५ हजार प्राप्त गर्ने छन् । मंसिर २ सम्म टिम दर्ता गर्न पाइने आयोजकले जनाएको छ । यस बर्ष प्रतियोगिताको पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष धितालले जानकारी दिनुभयो ।
पाँच पोखरी क्रिकेट क्लबको आयोजना तथा पाँच पोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजना हुदैँ आएको प्रतियोगिताको यस अघिको दुवै संस्करणको उपाधी आयोजक क्लबले नै जितेको छ ।
आफ्नो गाउँपालिका भित्र आयोजना हुने खेलकुदका गतिबिधिहरुले पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै भ्रमण बर्ष २०२० लाई सफल पार्न सकिने पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले बिश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्