राष्ट्रपतिद्वारा जेठ ३ गते सङ्घीय संसद्को अधिवेशन आव्हान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलवार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय संसद्को अधिवेशन आगामी जेठ ३ गतेका लागि आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्