विश्व प्रेस स्वतन्त्रता दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाम । विश्व प्रेस स्वतन्त्रता दिवस जनकपुरधाममा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । यसै उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
महासङ्घको भवन रहेको शुक्रवारी बजार अगाडिबाट महासङ्घ धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा निस्केको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । शुक्रवारी बजार हुँदै गोपाल धर्मशाला, रामचोक, जनकचोक हुँदै जानकी मन्दिर प्राङ्गणमा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै महासङ्घका धनुषा शाखाकाका अध्यक्ष मनिका झाले स्थानीय तहको चुनाव रहेकाले पत्रकारहरूले समाचार लेख्दा आचारसंहितालाई पूर्ण पालना गरी मर्यादित पत्रकारिता गर्न जोड दिनु भयो ।
उहाँले आचारसंहिता विपरीत कुनै पनि दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने पत्रकारलाई महासङ्घले कारबाही गर्ने चेतावनी पनि दिनु भयो । चुनावमा उम्मेदवार बनेका पत्रकारहरूले राजीनामा नगरेर उम्मेदवार बनेकाले त्यस्ताको सदस्यता खारेजी गर्ने बताउनु भयो ।
प्रभातफेरीमा महासङ्घ धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल मिश्र सहितका कार्यसमितिका पदाधिकारीहरू तथा अन्य पत्रकारहरूको सहभागिता रहेका थिए । स्थानीय तहको चुनाव भएकाले अपेक्षाकृत कम सहभागिता रहेका थिए ।






प्रतिक्रिया राख्नुहोस्