एकीकृत समाजवादीका सल्यानका जिल्ला उपाध्यक्ष सहित १२ जनाद्वारा पार्टी परित्याग
सल्यान । नेकपा (एकीकृत समाजवादी) सल्यानका जिल्ला उपाध्यक्ष सहित १२ जनाले पार्टी परित्याग गरेका छन् । जिल्ला उपाध्यक्ष रामकुमार खड्गी सहित १२ जनाले साधारण पार्टी सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन ।
पार्टी परित्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंह, पार्टी जिल्ला सदस्य इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नर बहादुर विक, मग्बुल मिया, नारायणी सिंह, मिना सिंह श्रेष्ठ, कमानसिहं बुढाथोकी, नरेन्द्र रेउले रहेका छन् ।
पार्टी विधान अनुसार नचलेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गरेको रामकुमार खड्गीले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्