तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भिरबाट लडेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भई मिति २०७८ चैत २८ गते देखि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका  वडा नं.७ स्थित मेलचौरमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी रहेका चौतारा साँगाचोकगढी न.पा.वडा नं.६ बस्ने वर्ष ४० का दुर्गा सिं बस्नेत बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । 

बुधवार दिउसो ४.३० बजे प्रशिक्षण कार्य सम्पन्न भए पश्चात् आफ्नो घर तर्फ गएकोमा मिति आज बिहान ०६ः०० बजेको समयमा चौतारा साँगाचोकगढी न.पा. वडा नं. ६ पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट अं. ४० मिटर तल लडी मृत अवस्थामा निज दुर्गा सिं बस्नेतको शव फेला परेको हो ।

चौतारा अस्पतालमा पोष्टमार्टम लगायतको कार्य सम्पन्न भए पश्चात् जातीय परम्परा अनुसार सदगदका लागि मृत शव आफन्तले जिम्मा लिई गएको, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button