बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बारा । स्थानीय तहको निर्वाचनका लागि बारा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
कलैया उप–महानगरपालिका वडा नम्बर १ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले आफ्नो कार्यालय स्थापना गर्न अग्रसर देखिएको हो ।
जिल्लाको १६ पालिकामा निर्वाचन कार्यालय एकसाथ उद्घाटन भएको हो । प्रमुख जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मीले एक समारोहका बिच कार्यालय उद्घाटन गर्नुभयो ।
कार्यालय उद्घाटन गर्दै प्रमुख निर्वाचन अधिकृत रेग्मीले निर्वाचन स्वच्छ, भयरहित, मर्यादित बनाउन सबैको सकारात्मक पहलको आशा गरेको बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरी, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्