तपाईँ सुन्दै हुनुहुन्छः

जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

File photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ ।

“कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न/गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

उहाँले सङ्ख्यात्मक रूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । 

मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

This image has an empty alt attribute; its file name is 278577103_317017770564280_3342562391917420750_n-697x1024.jpg

प्रतिक्रिया राख्नुहोस्

Back to top button