तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा कृषि गणनाका लागि ६० जना कर्मचारी खटिए

पाँचथर । पाँचथरमा कृषि गणनाका लागि ६० जना कर्मचारी खटिएका छन् । 

जिल्लामा ४७ जना गणक र १३ जना सुपरिवेक्षक खटिएका हुन् ।

जिल्ला कृषि गणना कार्यालय पाँचथरका अधिकृत मनोज भट्टराईका अनुसार गणकहरूले जिल्लाका १ सय ३४ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् भने करिब ३ देखि ४ जना गणकलाई एक सुपरिवेक्षकले ‘गाइड’ गर्नेछन् ।

उहाँले एक सुपरिवेक्षकले एक पालिकाका पूरै र अन्य पालिकाका केही गणना क्षेत्रहरूमा पनि निरीक्षण गर्नुपर्ने र विगतमा भन्दा यो पटकको कृषि गणना अलिक फरक हुने बताउनुभयो । 

“यो लार्ज स्केल सर्भे भए पनि अरू सर्भेहरूभन्दा अलिक ठूलो हो”, अधिकृत भट्टराईले भन्नुभयो, “२०६८ सालमा जिल्लागत विवरण आउँथ्यो । यो प्रत्येक पालिका स्तरमा तथ्याङ्क आउँछ । यद्यपि जनगणना जस्तो प्रत्येक घरमा पुग्नु पर्दैन ।”

पाँचथरमा साधरणतया एक गणना क्षेत्रमा २५ हारहारीमा गणकहरूले विवरण भर्नु पर्नेछ । कृषि गणना वैशाख ५ गतेबाट जेठ १९ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button