थप २ देशसँग कूटनीतिक सम्बन्ध कायम: परराष्ट्र मन्त्रालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय सरकारले दक्षिण सुडान र बेलिजसँग दौत्य सम्बन्ध कायम गरेको जानकारी दिइयो ।

सरकारले गत २९ मार्चमा दक्षिण सुडानसँग र २ अप्रिलमा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । यो सँगै नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने राष्ट्रको सङ्ख्या १ सय ७६ पुगेको छ ।
प्रवक्ता लम्सालले रुस र युक्रेनबिच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्त्वका आधारमा भोट गरेको जानकारी दिनुहुँदै नेपालले राष्ट्र सङ्घमा भएका मतदानमा चार पटक युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समय श्रीलङ्का र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने समेत जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्