एमालेसँग परिवार दलले पनि चुनावी तालमेल गर्ने

काठमाडौँ । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले आज हस्ताक्षर गर्नुभएको सहमति पत्रमा नेपाल परिवार दलले पनि सूर्य चिन्हबाटै प्रतिस्पर्धा गर्ने जनाएको छ ।
सहमति पत्रमा देशभर सम्भव भएका पालिकामा तालमेल गरी उम्मेदवार उठाउने, नेपाल परिवार दलका उम्मेदवार नभएका पालिकामा एमालेलाई सघाउने, एमालेका उम्मेदवार नभएका स्थानमा परिवार दललाई सघाउने सहमति भएको उल्लेख छ ।









प्रतिक्रिया राख्नुहोस्