भोजपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
भोजपुर । भोजपुरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ कावा खोलामा मङ्गलबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
बासिखोरातर्फ इँटा लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७ का २० वर्षीय जेवी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातको अन्दाजी १० बजे दुर्घटनामा परेको ट्याक्टर सडकबाट दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो । दुर्घटना पछि फरार बनेका ट्याक्टर चालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्