तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचन : झापामा गठबन्धन दलहरू छलफलमा जुट्दै

भद्रपुर, झापा । झापामा सत्तारुढ दलहरूले आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने गरी छलफल प्रारम्भ गरेका छन् । 

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेका अनुसार पहिलो चरणको औपचारिक छलफल सकिएको छ ।

छलफलसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपासहितको गठबन्धनले चुनावी रणनीति बनाइरहेका छन् ।

झापाको १५ पालिकामा गठबन्धन दलहरूले भागबण्डा कसरी गर्ने भनेर पालिका तहको सर्वेक्षण गरिरहेको नेताहरूले बताउनुभएको छ । स्थानीय तहमा कार्यकर्ताको भावना समेत सम्बोधन हुने गरी गठबन्धनमा आबद्ध दलहरू भागबन्डा गर्ने तयारीमा जुटेको नेताहरूको भनाइ छ ।

पहिलो बसाइँले छलफल प्रारम्भ गरेको बताउँदै काँग्रेसका सभापति थेवेले केही दिनमा कहाँ कसले कुन पदमा लिने भन्ने बारे टुङ्गो लगाइने जानकारी दिनुभयो । उहाँले २०७४ को मतभारका आधारमा भागबण्डामा उम्मेदवारी तय हुने स्पष्ट पार्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता सीपी कँडरियाले गठबन्धनभित्र विषय प्रवेश भइसकेकोले केही दिनमा निर्णय आउने बताउनुभयो । उहाँले भने विगतको मतभारलाई मात्र आधार मान्न नहुने भन्दै वर्तमान अवस्थाका आधारमा शक्ति बाँडफाँड र सन्तुलनको प्याकेज मिलाइनुपर्ने तर्क गर्नुभएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी)ले गठबन्धन भित्रको छलफलमा जिल्लाका ३ पालिकामा मेयर, ५ वटा उपमेयर, ४५ वडामा वडाध्यक्ष र सबै वडामा १–१ सदस्य हुनुपर्ने दाबी गर्दै आएको नेकपा समाजवादीका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button