नयाँ पुराना समस्यासँग जुध्न बिमस्टेकका सदस्य राष्ट्रहरु एक हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास–बिमस्टेकले हरित र समावेशी पुनर्निर्माण र विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
श्रीलङ्कामा आयोजित बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले विश्वव्यापी जलवायु परिवर्तन, कोरोना महामारी, गरिबी र असमानता लगायतका नयाँ पुराना समस्यासँग जुध्न बिमस्टेकका सदस्य राष्ट्रहरु एक हुनुपर्ने बताउनुभयो ।

उहाँले, बिमस्टेकका सदस्य राष्ट्ररुबीच क्षेत्रीय सुरक्षा, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले यस क्षेत्रको उन्नतिका लागि नागरिक, समाज र बजारबीच समन्वयको खाँचो रहेको भन्दै सम्मेलनबाट पारित हुने ग्रासरुट कनेक्टिभिटी परियोजनाले सडक, रेल र जहाज लगायतका पूर्वाधार निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुखहरूले भर्चुअली सम्बोधन गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्