तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न पक्षद्वारा रूस र युक्रेनबीचको वार्तालाई समर्थन दिनुपर्ने

बेइजिङ। चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा मङ्गलबार भएकोरूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वन पिनद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा गरेकोमा जोड दिनुभएको छ ।

सङ्कटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता भएको यूक्रेनमा जारी युद्ध तथा विश्वको शान्तिपूर्ण र स्थिरता कायम राख्न संयुक्त, प्रशस्त, सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैं नै लिइरहने उहाँले बताउनुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button