प्रदेश कृषि विकास निर्देशनालय : ८ महिनामा जम्मा २० प्रतिशत बजेट खर्च

मकवानपुर । कृषि विकास निर्देशनालय बागमती प्रदेशले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २० प्रतिशत बजेट खर्च गरेको छ ।
आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । निर्देशनालयको ८ महिनाको प्रगति समीक्षामा कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास निर्देशनालयका प्रमुख रबिन्द्र बहादुर प्रधानले बजेटको २० प्रतिशत रकम खर्च भएको बताउनुभयो ।
निर्देशनालयका लागि चालु आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो अवधिमा जम्मा १५ करोड ९२ लाख ३५ हजार रुपैयाँ मात्र बजेट खर्च भएको प्रमुख प्रधानले जानकारी दिनुभयो । दोस्रो चौमासिकका लागि मन्त्रालयले निर्देशनालयलाइ १५ करोड रुपैयाँ दिए पनि निर्देशनालयले जम्मा सात करोड मात्र अर्थात् दोस्रो चौमासिकमा ६६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्