एमाले अध्यक्ष केपी ओली आज भैरहवा आउँदै

भैरहवा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भैरहवा आउने हुनुभएको छ ।कपिलवस्तुमा हुन लागेको बृहत् पार्टी प्रवेश कार्यक्रममा जान लागेका ओली भैरहवामा समेत पार्टीको कार्यक्रममा प्रशिक्षण दिन र पार्टी प्रवेश गराउन आउन लागेको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओली बिहान ९ः४५ बजे सौर्य एयरलाइन्सको जहाजबाट भैरहवा आउने कार्यक्रम रहेको नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो ।नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको आयोजनामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिकारुपमा पार्टीका अध्यक्ष ओलीले वैचारिक, राजनैतिक, समसामयिक प्रशिक्षण समेत दिने नगर अध्यक्ष थापाले बताउनुभयो ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीका सचिव नारायण प्रसाद भण्डारीले अन्य पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने समेत कार्यक्रम रहेको बताउनुभयो । उच्च स्तरकै नेताहरू प्रवेश गर्नुहुन्छ,उद्योगी, व्यवसायी तथा राजनीतिमा सक्रिय व्यक्ति प्रवेश गर्छन् भण्डारीले भन्नुभयो । ६ सय भन्दा बढी सिद्धार्थनगरमा अन्य पार्टीमा रहेका व्यक्तिहरू एमालेमा प्रवेश गर्नुहुन्छ भण्डारीले भन्नुभयो ।
नेकपा एमाले अध्यक्ष केपी ओली भैरहवा आउने भएपछि अन्य पार्टी परित्याग गरी एमालेका कुनै नेता आउने अपेक्षाका साथ धेरैले चासोका साथ हेरेका छन् । एमाले अध्यक्ष ओली कपिलवस्तुमा ८ हजार भन्दा बढी अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई लक्षित गरी आउन लागेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्