तपाईँ सुन्दै हुनुहुन्छः

दमक गोल्डकपः मनाङ सेमिफाइनलमा प्रवेश

झापा । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मनाङको जीतका लागि अफिज ओलावलेले दुई गोल र रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।

आजको खेलको म्यान अफ द म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए ।

भोलि दोस्रो क्वार्टर फाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबिच हुने आयोजक दमक नगर खेलकुद विकास समितिका खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button