चैत १८ र १९ गते १७ औँ राष्ट्रिय तेक्वान्दो हुने
काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घले चैत १८ र १९ गते १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
तेक्वान्दो सङ्घले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।
२६ स्वर्ण, २६ रजत र ५२ कांस्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरूले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्