इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

सल्यान । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सल्यानले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले चैत मसान्त भित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गर्नुभयो । उहाँले सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्