लैङ्गिक हिंसा न्युनिकरणका लागि प्रदेश सरकार क्रियाशिल

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लैङ्गिक हिसा अन्त्ययका लागि सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
लैङ्गिक हिसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता बिषयक प्रदेश स्तरीय अन्र्तक्रियात्मक कार्यक्रमको आज धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले लैङ्गिक हिंसा न्युनिकरणका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो ।
मुलुकमा भएका ऐतिहासिक परिर्वतनमा महिलाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकता ल्याउन जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले अहिले पनि समाजमा महिलालाई पछाडी पारिएको छ भन्दै अव दुरदराजमा बस्ने महिलाको चेतना बिस्तारमा लाग्न अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारमा सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, प्रदेश सभा सामाजिक बिकास ससिति सभापति कुन्ती जोशी, प्रदेश सभा सदस्य तारा लामा लगायतले धारणा राख्नुभएको थियो ।
महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्