१० औँ राष्ट्रिय खेलकुद : फुटबलमा कोशी र बागमतीले अंक बाँडे
सुर्खेत । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अंक बाँडेका छन् ।

कोशी र बागमतीले समान दुई/दुई गोल गरी अंक बाँडेका हुन् । दुई गोलको अग्रता लिएको बागमती खेलको उत्तरार्धमा सम्हालिन नसक्दा दुई गोल खाई बराबरीमा चित्त बुझाएको छ । बागमतीका लागि दुवै गोल एलिक श्रेष्ठले खेलको ३६ औँ र ५४ औँ मिनेटमा गर्नुभएको थियो ।
कोशीका तर्फबाट खेलको ७५ औँ मिनेटमा मिलन राईले पेनाल्टीबाट गोल गर्नुभएको थियो भने ७८ औँ मिनेटमा पदम भट्टराईले एक गोल थप्नुभएको थियो । खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट गोलका थुप्रै अवसर खेर गएको थियो ।
खेलमा कोशी प्रदेशका पदम भट्टराई र सविन घिमिरे तथा बागमती प्रदेशका सञ्जीव अर्यालले पहेंलो कार्ड पाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्