तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा गाउँ पसे दलहरू, चुनावी कार्यक्रमको शुरुवात

जाजरकोट । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी जाजरकोटका राजनीतिक दलहरूले चुनाव लक्षित कार्यक्रममा केन्द्रित भएका छन् । 

काँग्रेसले जिल्लाका सात वटै स्थानीय तहमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान तथा चुनावी गतिविधि तीव्र पारेको छ । एमाले र माओवादी केन्द्र पनि स्थानीय तह केन्द्रित कार्यक्रम लिएर गाउँमा व्यस्त छन् । 

त्यसैगरी एकीकृत समाजवादी पनि चुनाव केन्द्रित रणनीति बनाएर चुनाव केन्द्रित भएको छ । काँग्रेसको जिल्ला समिति, भ्रातृ, शुभेच्छुक सङ्गठन सहितको फागुन २१ गते शिवालय देखि शुरु भएको प्रशिक्षण कार्यक्रम २८ फागुनमा कुशे गाउँपालिकामा पुगेर समापन गरेको छ । 

प्रत्येक वडामा पार्टीको कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन तथा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको जिल्ला उप सभापति खडकबहादुर बुढाले बताउनु भएको छ  । एमालेले पनि चुनावी रणनीति बनाएर अघि बढेको एमाले जाजरकोटका सचिव वीरबहादुर गिरीले बताउनु भएको छ । जिल्ला कमिटी बैठकले ‘घरघरमा एमाले’ अभियान सञ्चालन गरेको पनि सचिव गिरीको भनाइ छ । 

वडा कमिटी बैठक, टोल कमिटी गठन, बैठक, पालिका, वडा स्तरीय जनसङ्गठनको विस्तार गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । दलहरू अघिल्लो निर्वाचनको परिणाम विश्लेषण गर्दै जितेका स्थानमा विरासत जोगाउने, अरूका किल्ला भत्काउने योजनामा अघि बढेका देखिन्छन् । 

माओवादी केन्द्र जाजरकोटका अध्यक्ष ढकबीर राना स्थानीय तहको चुनावी रणनीतिमा अघि बढेको बताउनु हुन्छ  । ७७ वडा रहेको जाजरकोटमा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९, काँग्रेसले ३६ र माओवादी केन्द्रले २३ वडामा जित हात पारेका थिए । ७ स्थानीय तहमा भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका एमालेले, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका काँग्रेसले र नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिका माओवादी केन्द्रले जित हासिल गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button