तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र फोर्स गाडी एक–आपसमा ठोक्किँदा स्याङ्जामा एक जनाको मृत्यु 

स्याङ्जा । सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका १ नब्बेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग१५प ७४४७ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु२ख ५२९० नं. को फोर्स कम्पनीको गाडी आज एक–आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जितेन्द्र पटेलको मृत्यु भएको हो ।  

रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ फर्सटिकट घर भई गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा” काम गर्ने बर्ष २७ को जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा पुरी घाइते भएका पटेललाई गल्याङ अस्पतालमा लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 

दुवै सवारी साधन र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button