तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

फाइल तस्बिर

बेइजिङ । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको  राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ।  अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । 
घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।रासस÷एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button