समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ: उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याउनुभयो ।
विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्नुहुँदै उपराष्ट्रपति पुनले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउनुभयो ।
समारोहमा उपराष्ट्रपति पुनले उक्त संस्थाको वेब साइटको पनि उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्