तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट ७ जना घाइते    

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ।

घाइते हुनेमा वेदकोट–१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट–३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर लुहार, ५० वर्षीय पदम चन्द, २६ वर्षीय भरत ठगुन्ना र ४० वर्षीय बजिरे रावत रहेका छन्। उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घाइतेमध्ये तीन जना पदम, भरत र बजिरे अस्पतालबाट डिस्चार्ज भइसकेका प्रहरीले बताएको छ। बँदेल वेदकोट–१० मै रहेको जयशंकर सामुदायिक वनबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button