पाँचथरमा ढकमक्क लालीगुराँस (फोटो फिचर)
पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा यति बेला ढकमक्क लालीगुराँस फुलेर वन जङ्गल नै राताम्मे देख्न सकिन्छ ।

फागुनदेखि वैशाखसम्म फुल्ने लालीगुराँसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ।

जिल्लाको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, याङबरक गाउँपालिका लगायतका उच्च भेगमा गुराँस फुलेको छ ।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वन जङ्गल रङ्गीबिरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै चाँडै फुल्न थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्