तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वले लोक संस्कृतिको प्रवर्द्धन गर्छ : मुख्यमन्त्री शाही

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवर्द्धन गर्ने बताउनुभएको छ ।

फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवर्द्धनमा थप टेवा पु¥याउने बताउनुभएको हो । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पु¥याउने उहाँको विश्वास छ ।

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भन्नुभएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु ।” यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि (शुक्रवार) मनाइँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button