प्राथमिक कक्षाका बालबालिकालाई ब्याग वितरण
सप्तरी । लायन्स क्लब अफ खडकनगर, सप्तरीले भवानी प्रसाद सकल प्रसाद रामप्रसाद जनता माध्यमिक विद्यालय कल्याणपुरका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरेको छ। कक्षा १ देखि ५ सम्मका सम्पूर्ण बालबालिकाहरूलाई ब्याग वितरण गरिएको हो ।

प्राथमिक कक्षाका बालबालिकाहरूलाई ब्याग वितरण गर्दै लायन्स क्लब खडकनगरका सल्लाहकार एवं मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले बालबालिकाहरूलाई अहिले देखि नै अनुशासित र मेहनती हुन आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई दिइएको ब्यागले शिक्षाप्रति थप ऊर्जा बढ्ने र निजी विद्यालयको जस्तै अनुभव हुने बताउनुभयो।
लायन्स क्लब अफ खडकनगर, सप्तरीका अध्यक्ष माला कर्णको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोहित प्रसाद सिंहले बालबालिकाहरूले पाएको ब्यागले विद्यालयप्रति आकर्षण बढ्नुको साथै बालबालिकाहरूमा हौसला बढ्ने बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्