तपाईँ सुन्दै हुनुहुन्छः

थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ९२ जना सङ्क्रमणमुक्त

काठमाडौँ । देशभर आज  थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

७ हजार ९ सय ४७ नमुनाको परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कूल परीक्षण अनुसार यो हप्ता कोरोना संक्रमणदर १ दशमलव ६ प्रतिशत रहेको छ । 

आज संक्रमित १ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै, आज ८८ हजार ४ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

सरकारले चैत्र मसान्त भित्रमा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाई सक्ने लक्ष्य समेत राखेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button