तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा फेरि वर्ड फ्लु भेटियो

भक्तपुर । भक्तपुरमा फेरि वर्ड फ्लु भेटिएको छ ।

सूर्य विनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्य विनायक–१० का दुई फार्ममा वर्ड फ्लु भेटिएको थियो ।

सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्ड फ्लु रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

उक्त फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले वर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button