तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा उद्योग वाणिज्य सङ्घको  अध्यक्षमा आचार्य निर्वाचित

रोल्पा  । रोल्पा उद्योग वाणिज्य सङ्घको फागुन २४ गतेसम्म सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार केशव कुमार आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै रोल्पा उद्योग वाणिज्य सङ्घको  अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

केशवकुमार आचार्यले ४३७ प्राप्त गर्दा वसन्त सुवेदीले ४३४ मत ल्याउनु भएको थियो ।  १ हजार २ सय १८ मतदाता रहेको सङ्घको निर्वाचनमा ९ सय ८५ मत खसेको थियो ।मङ्गलवार भएको मतदानको अन्तिम मत परिणाम आज बिहान मात्र घोषणा भएको थियो । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित हुनुभएको हो ।

रोल्पा उद्योग वाणिज्य सङ्घको २ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button