पितृसत्तात्मक सोच परिवर्तन गर्न आवश्यक: पूर्व मन्त्री अर्याल
स्याङ्जा । पूर्व मन्त्री पद्मा अर्यालले महिलालाई थप अगाडि बढाउन पितृसत्तात्मक सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलवार अनेम सङ्घ वालिङ नगर कमिटीद्वारा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका अर्यालले महिलाका पक्षमा स्थापित कानुन तथा नीति, नियम कार्यान्वयनमा लैजान महिला स्वयं क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।
महिला सशक्तीकरणका लागी अव आन्दोलन गरिरहनुपर्ने अवस्था नरहेको भन्दै दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्