तपाईँ सुन्दै हुनुहुन्छः

५० जना केन्द्रीय समितिमा थपिए (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिले थप ५० केन्द्रीय सदस्यको नाम मात्र आज टुङ्गो लगाएको छ । 

बैठकले महाधिवेशनमा केन्द्रीय प्रतिनिधि रहेका ३७ जना सहित ४ जना दलित र ९ जना मधेसी सहित ५० जनालाई मात्रै केन्द्रीय समितिमा अटाएको हो । 

यस अघि २४७ जनाको केन्द्रीय समिति महाधिवेशनले घोषणा गरेको थियो भने आज ५० सदस्य थप गरेर २९७ जनाको केन्द्रीय समिति बनाएको छ । माओवादी केन्द्रले ४ जना दलित र ९ जना मधेसी को नाम भने पछि तय गर्ने जनाएको छ । 

बाँकी केन्द्रिय समिति सदस्य मनोनयनसहित कार्यसूचीमा रहेका पदाधिकारी, पोलिटव्यूरो, लगायतका विषयमा स्थानीय तहको निर्वाचन पछि मात्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन, कार्य विभाजन, निर्वाचनको तयारी र एमसीसीका विषयमा छलफल हुने कार्यसूची राखिएको थियो । 

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकले पुनः अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी समेत चयन हुन सकेको छैन । 

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button