राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाद्वारा स्काई ब्रिजको उद्घाटन

पर्वत । सोमबार बिहानै पर्वतको कुश्मा बजार आउनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्यटनको केन्द्र पर्वत जिल्ला भएको बताउनुभएको छ ।
कुश्मामा बनेको जिप लाइनमा उहाँले स्काई ब्रिजको उद्घाटन गर्दै अब पर्वत कुनै पनि हिसाबमा पछाडि नपरेको दाबी गर्नुभयो ।
पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष तिमिल्सिनाले पर्यटन र आर्थिक गतिविधिसँग सम्बन्ध राख्ने र केही फरक गर्नेलाई साथमा साथ र हातमा हात दिनुपर्नेमा बिरोध मात्र गर्ने प्रवृत्तिलाई सबैले हटाउनुपर्ने बताउनुभयो ।
पर्वतले अहिले सबैको ध्यान केन्द्रित गरेको उहाँको भनाई छ । तिमिल्सिनाले भन्नुभयो, “पर्वतमा रहेका सबैभन्दा धेरै अग्ला र लामा झोलुङ्गे पुल, बन्जि जम्प, स्विमिङ, स्काई साइकलिङ जिप लाइन र रर्याफटिङ पनि हुने भएकाले पर्वत पर्यटन आकर्षणको केन्द्र बनेको छ ।”
त्यति मात्र होइन यहाँका उच्च पहाडी भू–भागहरू पञ्चासे, जलजला हम्पाल, डहरे देउरीलगायत धार्मिक पर्यटनको लागि पनि धेरै ठाउँहरू छन् त्यसैले पर्वत जिल्ला पर्यटनको हिसाबले एक नमुना जिल्ला भएको तिमिल्सिनाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्