तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको मटिहानीका पाँच वटा पसलमा आगलागी, १ करोड ५० लाखको क्षति

बर्दिबास । महोत्तरीको मटिहानी नगरपालिकामा पाँच वटा पसलमा आगलागी भएको छ । 

आगलागीबाट एक करोड पचास लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

आज बिहान भएको स्थानीय जगदीशप्रसाद गुप्ताको दुई तले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा विद्युत् सर्ट भई पसलभित्रबाट सुरु भएको आगलागी अन्य पसलमा समेत लागेको थियो । 

वारुणयन्त्र नरहेको कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button