तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित 

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउनुभएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गर्नुभएसँगै खनाल सभापतिमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले श्रेष्ठले मिलनबाबु उम्मेदवारी फिर्ता लिनुभएपछि खनाल सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको जानकारी दिनुभयो  । 

शुक्रवार भएको पहिलो चरणको निर्वाचनमा पाँच जनाले उम्मेदवारी दिएकोमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गर्नुभएको थियो भने मिलनबाबु श्रेष्ठले ६६२ मत प्राप्त गर्नुभएको थियो  । 

यस्तै अर्का प्रत्याशी  उत्तम जोशीले ४७३ मत प्राप्त गर्दा डा.सूर्यकान्त घिमिरेले ४२६ मत र कैलाश कोइरालाले ४१२ मत प्राप्त गर्नुभएको थियो  । 

२ दुई हजार ८२० मत खसेको मध्ये कुल १सय १ मत बदर भएको थियो । सभापति चयन भएसँगै अन्य पदाधिकारी र सदस्यको भोलि आइतबार बिहान १०:०० बजेबाट मतगणना सुरु गरिने निर्वाचन संयोजक अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button