प्रधानमन्त्रीद्वारा लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डिबी लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
लामाको यही फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो ।
प्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
लामा विसं २०२८ देखि काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा रहँदै आउनुभएको थियो ।
विसं २०३० मा प्रजातन्त्र स्थापनाका लागि आर्थिक सहयोग जुटाउन गरिएको विमान अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्